काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ। आइतबार स्थगित भएको एमालेको स्थायी कमिटी बैठक आज बस्न लागेको हो।
बैठक आज साँझ ५ बजे बस्ने तय भएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। बैठकमा स्थायी कमिटीका सबै सदस्यहरूलाई बोलाइएको छ। आइतबार एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको बेला पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका थिए।
तर पछि अध्यक्ष ओलीले कार्यदलको बैठकको निर्णयपछि बस्ने भन्दै आजको लागि बैठक सारेका थिए। आइतबार राति पार्टी विवाद समाधान गर्न बसेको कार्यदलले १० बुँदे सहमति गरेको छ।आजको बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल समूह सहभागी हुनसक्ने बताइएको छ।



लोकपाटी न्यूज

