काठमाडौं। नेकपा एमाले कार्यदलको बैठक जारी छ। मन्त्रालयमा आज बिहान सवा ९ बजेदेखि एमाले विवाद समाधान कार्यदलको बैठक बसिरहेको छ।
एमाले वरिष्ठ नेता माधव नेपालसँग परामर्श गरेर एमाले उपमहासचिव एवं कार्यदल सदस्य घनश्याम भुसाल सिंहदरबार फर्केका छन्।
पार्टी विवाद मिलाउन गठित एमाले कार्यदलको बैठक चलिरहेको समयमा भुसाल बैठकबाट बाहिरिएर नेता नेपाललाई भेट्न गएका थिए। नेता नेपालसँग परामर्श गरेर भुसाल साढे ५ बजे अर्थ मन्त्रालयमा फर्केका हुन्।



लोकपाटी न्यूज

