काठमाडौं। नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलर्यका सदस्य घनश्याम भुसाल बैठकबाट बाहिरिएका छन्।
आज बिहान ९ बजेदेखि सिंहदर बारस्थित अर्थमन्त्रालयमा जारी बैठकबाट एमालेका उपमहासचिव समेत रहेका भूसाल बाहिरिएका हुन्।
स्रोतका अनुसार नेता भुसाल उनी निकटका नेता माधवकुमार नेपाललाई भेट्न गएका छन्। माधव नेपालसँगको छलफलपछि उनी पुनः बैठकमा सहभागी हुने बताइएको छ।
विवाद समाधानको प्रयास स्वरुप एमाले कार्यदलको बैठक बिहान सवा ९ बजेदेखि सिंहदरबारमा जारी छ। स्थायी कमिटी बैठकमा सहभागी हुन नेताहरू बालुवाटार पुगिसकेका छन्। कार्यदलले सहमतिको प्रयास गरिरहेको छ।



लोकपाटी न्यूज

