काठमाडाैँ। सरकारले चालू आर्थिक वर्ष २०७७/७८ को अन्तिम १२ औं महिनाको २७ गतेसम्ममा सवा ८ खर्ब रुपैयाँ बराबरको राजस्व उठाउन सफल भएको छ। महालेखा नियन्त्रण कार्यालयका अनुसार यस्तो राजस्व आर्थिक वर्षको असार २७ गतेसम्ममा कुल ८ खर्ब १८ अर्ब ५१ करोड ६२ लाख रुपैयाँ उठान सरकार सफल भएको हो।
यो कुल राजस्व लक्ष्यको झण्डै ९० प्रतिशत (८९.६६) ले हुन आउने रकम हो। सरकारले चालु आर्थिक वर्षका लागि कुल ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख रुपैयाँ राजस्व असुलीको लक्ष्य राखेको थियो। यद्यपि, आर्थिक वर्ष सकिनै लाग्दा सरकारले कुल लक्ष्यको करिब १० प्रतिशत मात्र राजस्व उठान नसकेको हो।
महालेखा नियन्त्रण कार्यालयका अनुसार सो अवधीमा सरकारले गैर राजस्व शीर्षकमा अधिकतम ६३ अर्ब २७ करोड २१ लाख रुपैयाँ अर्थात् लक्ष्यको ६४.०३ प्रतिशत उठाएको छ। आर्थिक वर्षका लागि सरकारले गैर राजश्व शीर्षकमा ९८ अर्ब ८० करोड ९४ लाख रुपैयाँको लक्ष्य राखेको थियो।



लोकपाटी न्यूज
