सिंहदरबार घेर्न गएका नागरिक अभियन्ता पक्राउ

Khagendra-Sangarula pakrau
लोकपाटी न्यूज

काठमाडौं। सिंहदरबार घेर्न गएका नागरिक समाजका अगुवालाई प्रहरीले पक्राउ गरेको छ। स्वास्थ्य शिक्षामा भइरहेको चरम बेथितिविरुद्ध सिंहदरबार घेर्न गएका नागरिक समाजका अगुवालाई प्रहरीले पक्राउ गरेको हो।

आइतबार बिहान सिंहदरबार गेट अगाडिबाट प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उत्पन्न समस्या समाधानको माग गर्दै सिंहदरबारको गेट अगाडि प्रदर्शनमा उत्रिएका अभियन्ता नारायण, प्राध्यापक डाक्टर सञ्जीव उप्रेती, विमल अर्याल, अर्चना थापा वाग्लेसहित दर्जन बढी पक्राउ परेका हुन्।

प्रदर्शनका क्रममा उनीहरूहरूले निषेधित क्षेत्र तोडेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्