ओली र नेपाल पक्षबीच १० बुँदे सहमति गर्ने तयारी

KP_Oli_Madhav_Nepal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमाले कार्यदलको बैठक अहिले सिंहदरबारमा जारी छ। केही दिनदेखि सहमति गर्न निरन्तर लागि रहेका कार्यदलका नेताहरुले आज सकारात्मक नतिजा आउने दावी गरेका छन्।

ओली र नेपाल पक्षबीच १० बुँदे सहमति गर्ने तयारी भएको माधव नेपाल निकट एक नेताले जानकारी दिए।

सहमतिका बुँदामा सर्वाेच्च अदालतको हस्ताक्षर फिर्ताको विषय नसमेटिएको ती नेताले बताएका छन्।

माधव नेपाल निकट एक केन्द्रीय सदस्यले भने, ‘अहिलेलाई एक चरणको सहमति भयो। अगाडि के हुन्छ केपी ओलीको कार्यशैलीमा भर पर्छ।’

एमालेको एकताका लागि गठित कार्यदल ब्युँतिएको एक साता पुगेको छ। कार्यदलमा रहेका दुवै पक्षका नेताले आइतबार औपचारिक रूपमै एकताको घोषणा हुने बताएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्