काठमाडौं। नेकपा एमाले कार्यदलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित अर्थमन्त्रालयमा बैठक सुरु भएको हो।
आज विहान ८ बजेका बैठक बस्ने भनिएपनि वरिष्ठ नेपाल माधव नेपाल पक्षीय कार्यदल सदस्य आन्तरिक छलफलमा जुट्न लागेपछि बैठक एक घण्टा ढिलो गरी सुरु भएको हो।
अध्यक्ष केपी शर्मा ओली पक्षीय कार्यदलका सदस्यहरु ८ बजे नै बैठकस्थल पुगिसकेका थिए। आजको बैठकले सहमतिको मस्यौदा तयार तयार गर्ने कार्यदल सदस्यको दाबी छ।
एमालेको एकताका लागि गठित कार्यदल ब्युँतिएको एक साता पुगेको छ। कार्यदलमा रहेका दुवै पक्षका नेताले आइतबार औपचारिक रूपमै एकताको घोषणा हुने बताएका छन्।



लोकपाटी न्यूज

