एक सय ११ क्षेत्रमा सकियाे कांग्रेसको क्रियाशील सदस्यता वितरण र नविकरण

congress_flag
लोकपाटी न्यूज

काठमाडौँ। नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रयोजनार्थ क्रियाशील सदस्यता वितरण र नविकरणबारे एक सय ११ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको छानबिन सिध्याएको छ। क्रियाशील सदस्यता छानबिन समितिका प्रवक्ता प्रदीप पौडेलले एक सय ११ निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता छानबिन गरेर सकिएको जानकारी दिए।

‘आजसम्म एक सय ११ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको सदस्यता विवाद टुंगियो,’ प्रवक्ता पौडेलले भने, ‘ती क्षेत्रका केही वडा स्थगित गरेका छौं। ती वडाका समायोजनसम्बन्धी मुद्दा रहेका सदस्यता मात्रै स्थगित गरिएको छ।’ बाँकी ५४ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको विवाद मात्रै मिलाउन बाँकी रहेको समितिले जनाएको छ। ती क्षेत्रमा पनि समायोजनका मुद्दा नभएका क्षेत्रमा टुंग्याउन धेरै समय नलाग्ने प्रवक्ता पौडेलले बताए।

पौडेलका अनुसार अहिलेसम्म ६७ जिल्लाका अधिकाशं स्थानको सदस्यता विवाद टुंगिएको छ। यो महिनाको मसान्तसम्म सबै विवाद टुंगिने उनले बताए। चार असारमा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले २० असारसम्म सदस्यतासम्बन्धी सबै विवाद टुंग्याएर सभापति शेरबहादुर देउवालाई बुझाउने समयावधि दिएको थियो। तर, त्यो समयमा नसकिएपछि असार मसान्तसम्म सक्न भनिएको छ।