काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिबार भेटवार्ता भएको छ।
देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका प्रचण्ड करिब एक घण्टाको छलफलपछि त्यहाँबाट फर्किएका छन्। भेटमा उनीहरुबीच वर्तमान राजनीति विषयमा छलफल भएको जनाइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी गर्दै बनेको पाँच दलीय विपक्षी गठबन्धनका नेताहरुबीच पछिल्ला दिनमा बैठकसमेत हुन नसकिरहेका बेला देउवा र प्रचण्डको भेट भएको हो।
शनिबार नै प्रचण्डले एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई कोटेश्वरस्थित नेपाल निवासमा पुगेर भेटेका थिए। त्यसपछि उनी देउवालाई भेट्न उनको निवास बुढानीलकण्ठ पुगेका हुन्।



लोकपाटी न्यूज

