नेता नेपाललाई भेट्न एमाले कार्यदलका सदस्यहरु कोटेश्वरमा

UML_Karyadal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सुरु हुन ढिलाइ भएको छ। दिउँसो साढे २ बजे बस्ने भनिएको बैठक ४ बजिसक्दा पनि सुरु हुन सकेको छैन। यसैबिच कार्यदलमा रहेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरू सिंहदरबारबाट बाहिरिएका छन्।

उनीहरू नेता नेपाललाई भेट्न कोटेश्वर गएका हुन्। बैठकका लागि सिंहदरबार आइसकेका कार्यदलका सदस्य त्यहाँबाट एकसाथ कोटेश्वरतिर लागेका हुन्। उनीहरू एक घण्टापछि आउने भनेर गएको एक नेताले बताए। ओली पक्षका कार्यदल सदस्यहरू भने सिंहदरबारमै छन्।

एमाले कार्यदलको हिजो बसेको बैठकले पार्टी एकताको अनौपचारिक सहमति गरेको थियो। सहमतिको मस्यौदालाई अन्तिम रूप दिन आज बैठक बस्न लागेको हो। तर नेता नेपाल भने पावर सेयरिङमा कुरा नमिलेसम्म एकताको पक्षमा छैनन्। नेपाललाई मनाउनका लागि कार्यदलका सदस्यहरू कोटेश्वर गएका हुन्।