राष्ट्रिय युवा संघको सडक प्रदर्शन स्थगित

Yuwa_sang
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय युवा संघ नेपालको आज (शनिवार)का लागि तय गरिएको सडक प्रदर्शन स्थगित भएको छ।सो प्रदर्शन अब आइतवार दिउँसो ३ बजे हुने संघले जनाएको छ।

युवा संघले नयाँ बानेश्वरदेखि माइतीघर मण्डलसम्म निर्वाचनको पक्षमा सडक प्रदर्शन गर्ने तयारी गरेको थियो।

एमाले विवाद समाधानका लागि गठित कार्यदलले सहमतिको मस्यौदा तयार पारेकाले आज साँझै छलफलपछि एमाले एक भएको सन्देश दिने तयारी भएकाले सडक प्रदर्शन रोकिएको बताइएको छ।

युवा संघले वर्तमान सरकार र नेकपा एमालेविरुद्धको घेराबन्दी, विपक्षी गठबन्धनको असंवैधानिक र राष्ट्रघाती कदमविरुद्ध भन्दै सडक प्रदर्शन गर्ने जनाएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्