माओवादी अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता

Prachanda_Nepal_Nekapa
लोकपाटी न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ।

प्रचण्ड नेता नेपाललाई भेट्न ११ बजेर २५ मिनेटमा उनको निवास कोटेश्वर पुगेका थिए। दुई नेताबीच करिब १ घन्टा छलफल भएको थियो।एमाले विवाद समाधानका लागि गठित कार्यदलले विवादित विषयमा सहमतिको अन्तिम मस्यौदा तयार गरि आज सार्वजनिक गर्ने तयारी गरिरहँदा प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्