यात्रुको छुटेको नगद र सुनका गहना प्रहरी कार्यालयमा बुझाउने अटाे चलाक सम्मानित

लोकपाटी न्यूज

काठमाडाैँ। शुक्रबार एक यात्रुको छुटेको झोलमा राखिएको नगद र सुनका गहना प्रहरी कार्यालयमा आई बुझाउने दाङ्गका एक अटो चालकलाई प्रहरीले सम्मान गरेको छ।

रोल्पाको रुन्टीगढी गाउँपालिका-७ निवासी मतिकला बुढा घोराही-१३ बसपार्कबाट तुल्सीपुरचोक सम्म रा १ ह २१५३ नम्वरको अटो चढेर जाने क्रममा आफ्नो कालो रंङ्गको झोला अटो मै भुलेर हिँडेकी थिइन्।

अटोका चालक घोराही -१३ बस्ने २९ बर्षीय रामप्रसाद झाँक्री मगरले झोलाभित्र ३७ हजार नगद र १ तोला सुनको सिक्री देखेपछि जिल्ला प्रहरी कार्यालय दाङ्गमा बुुझाउन पुगेका थिए। उनले प्रहरीकै रोहवरमा सम्वन्धितलाई बुझाएकोमा सम्मान गरेको दाङ्गका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्