काठमाडौं। चीनको एक गाउँमा जन्मिएका जिन गुओउई सन् २०१८ सम्म ठूलो ऋणमा डुबेका थिए। त्यतिबेला उनी युनानको लिजियाङका सडकमा पर्यटकलाई फलफूल बेच्ने काम गर्थे। तर आज उनी सामाजिक सञ्जालमा चर्चित ब्रदर पोमेग्रेनेट (अनार दाइ) को नामले परिचित छन् र अहिले चिनियाँ टिकटकमा, जुन ‘दोउयिन’ को नामले परिचित छ, उनको करिब ७० लाख ३० हजार फलोअर छन्।
दोउयिनमार्फत् नै उनले गत वर्ष तीन करोड चिनियाँ यूआन (करिब पाँच अर्ब ५२ करोड रुपैयाँ) बराबरको फलफूल बेचेका थिए। एकचोटी त उनले २० मिनेट भित्र करिब ११ करोड रुपैयाँको अनार बिक्री गरेका थिए।
यो चीनको पछिल्लो समयमा विकास भइरहेको ग्रामीण उद्यमशीलताको एक उदाहरण हो। पछिल्लो समयमा चीनका ग्रामीण क्षेत्रमा खेती गरिरहेका कृषकहरूले आफ्ना सामग्रीहरू अनलाइन लाइभ स्ट्रिमिङ तथा छोटो भिडियोहरू बनाएर बजारीकरण तथा बिक्री गर्ने गरेका छन्।
चीनको बाइटडान्स लिमिटेडको एप दोउयिनका अनुसार यो एप मार्फत कृषकहरूले कमाउने आम्दानी प्रत्येक वर्ष १५ गुणाले बढिरहेको छ। अर्का कृषक गुओ चेङचेङका दोउयिनमा करिब २५ लाख फलोअर्स छन्। उनको भिडियोमार्फत् उपभोक्ताहरूले उनका कृषि उपजहरू खरिद गर्ने गरेका छन्।
विच्याटमा भएको व्यावसायिक सेवा मार्फत पहिले उनले दिनमा करिब सय वटा अर्डर लिने गर्थिन् भने अहिले दोउयिनमार्फत उनले दैनिक ५०,००० अर्डर लिइरहेकी छिन्। दोउयिन लाइभ स्ट्रिमिङ मार्फत उनले हाल मासिक रुपमा १६ करोड ५७ हजार रुपैयाँ आम्दानी गरिरहेकी छिन्।
गुओ र ब्रदर पोमेग्रेनेट (अनर दाइ) त प्रतिनिधि पात्र मात्र हुन्। उनीहरू जस्तै थुप्रै युवाहरूले अहिले यसरी सामाजिक सञ्जालमार्फत कृषि उपज बेचेर लाखौँ कमाइरहेका छन्।
दोउयिनका अनुसार यसरी लाइभ स्ट्रिमिङ मार्फत कृषि उपज बेच्नेहरूमा करिब ५४ प्रतिशत युवाहरू प्रवासी कामदार छन्। कोरोना महामारीका कारण करिब २० करोड ३० लाख प्रवासी कामदारहरू रोजगारी गुमाएर गाउँ फर्केका थिए।
कोरोना महामारीका कारण उपभोक्ताहरू घरभित्रै थुनिएपछि ताजा तरकारीहरूको होम डेलिभरी कारोबार ह्वात्तै बढेको थियो। यसैको फलस्वरुप किसानहरूले अहिले सामाजिक सञ्जाल मार्फत सिधैँ किसानहरूलाई आफैंले तोकेको मूल्यमा उपजहरू बिक्री गरिरहेका छन्। ब्लुमबर्गबाट



लोकपाटी न्यूज

