बुबा–आमाको स्मृतिमा विद्यालयमा अक्षय कोष स्थापना

pic
लोकपाटी न्यूज

चितवन। भरतपुर– ६, गीतानगर बजारमा रहेको अरुणोदय माध्यमिक विद्यालयमा आफ्नो स्वर्गीय बुबा र आमाको स्मृतिमा छोरी लिली लोहनीले १० लाख ५ रुपैयाँको शैक्षिक अक्षय कोष स्थापना गरेकी छन्। भरतपुर घर भई हाल काठमाडौं बस्दै आएकी लोहनीले स्वर्गीय बुबा जीवनाथ लोहनी र आमा गंगा लोहनीको स्मृतिमा विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीको पढाइमा सहयोग पुग्योस् भन्ने उद्देश्यले अक्षय कोषको स्थापना गरेकी हुन्।

कोषको ब्याजबाट आउने रकम विद्यालयले ‘स्वर्गीय जीवनाथ लोहनी एवं स्वर्गीय गंगा लोहनी स्मृति पुरस्कार’ नामबाट प्रत्येक वर्ष प्रदान गर्ने विद्यालयका प्रधानाध्यापक रत्नप्रसाद सापकोटाले बताए। सापकोटाका अनुसार स्वर्गीय लोहनी दम्पतीहरूले आफ्नो जीवनकालमा समेत यस विद्यालयलाई आर्थिक र भौतिक रूपमा सहयोग गर्दै आएका थिए।

लिली लोहनी र उनको भतिज देभेन लोहनीले विद्यालयका अध्यक्ष रामचन्द्र आचार्य बिहीबार १० लाख पाँच रुपैयाँको चेक हस्तान्तरण गरेका थिए। चेक लिँदै अध्यक्ष आचार्यले कोषको रकम सदुपयोग गर्दै लक्षित विद्यार्थीमा पु¥याउने प्रतिबद्धता जनाए। लोहनी परिवारको यसै क्षेत्रमा लेक ट्वान्टिथाउजेन्ट फार्म एन्ड रिट्रिट पनि छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्