आजको मौसम पूर्वानुमान : यी प्रदेशमा भारी वर्षाको सम्भावना

mausam water
लोकपाटी न्यूज

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा सामान्यदेखि पूर्ण बदली भइ केही स्थानमा धेरै वर्षा हुने जनाएको छ।

देशभर मनसुनी वायुको प्रभाव रहेकाले देशभर सामान्य देखि पूर्ण बदली छ। प्रदेश १, बागमती प्रदेश,गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको र भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै प्रदेश १, बागमती प्रदेश र सुदुर पश्चिम प्रदेशको एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

मौसम बुलेटिन जारी गर्दै महाशाखाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन पनि आग्रह गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्