चितवन। माडी नगरपालिका ३ स्थित खनी खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले आज फेला पारेको छ। हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका घर भई चितवन जिल्लाको माडी नगरपालिका ६ दिवाकर स्मृती प्राविधि शिक्षालयमा अध्ययनरत २१ वर्षीय हिक्मत शाहीको शव भेटिएको हो।
सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट छरछरेबाट खटिएको सशस्त्र प्रहरीले उनको शव उक्त खोलाबाट बाहिर निकालेको हो।
उता, मोरङ्गको बिराटनगर महानगरपालिका १५ स्थित रानी जोगवनीबाट असार २४ गते सशस्त्र प्रहरीले करीव ३ लाख ८८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ।
भारतबाट भन्सार छली नेपाततर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो। बरामद लत्ताकपडा भन्सार कार्यालय रानी बिराटनगरमा बुझाईएको छ।



लोकपाटी न्यूज
