काठमाडौं। काठमाडौं उपत्यकामा थप ३ सय ८० जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा २ सय ६१, ललितपुरमा ७४ जना र भक्तपुरमा ४५ जना कोरोना संक्रमित थपिएका हुन्।
काठमाडौंमा ५३७७, भक्तपुरमा १०४० र ललितपुरमा १३८५ गरी ७८०२ सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा २ हजार २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। २४ घन्टामा ११ हजार ३ सय १३ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार मुलुकभरमा ६६५७ जनाको पिसिआर परीक्षणबाट १४७९ जनामा संक्रमण पुष्टि भएको छ भने ४६५६ जनाको एन्टिजेन परीक्षणबाट ७६० जनामा पुष्टि भएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३१६ जना संक्रमणमुक्त भएका छन्। यस्तै २० जनाको मत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।



लोकपाटी न्यूज

