सबै किसिमका व्यवसायीले राहत पाउने मौद्रिक नीति ल्याउन पर्यटन व्यवसायीकाे आग्रह

लोकपाटी न्यूज

काठमाडौं। पर्यटन व्यवसायीहरुले चालू आर्थिक वर्षको मौद्रिक नीतिबाट अपेक्षित लाभ लिन नसकेको भन्दै सबै किसिमका व्यवसायीहरुले राहत तथा सहुलियत पाउने खालको मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई आग्रह गरेका छन्।

नेपाल पर्यटन बोर्डले आयोजना गरेको नयाँ आर्थिक वर्षको मौद्रिक नीतिबारे भर्चुअल अन्तरक्रियामा उनीहरूले अन्य क्षेत्र चलायमान हुनसमेत पर्यटन क्षेत्र चलायमान हुनुपर्ने भएकोले मौद्रिक नीतिमा पर्यटनले प्राथमिकता पाउनुपर्ने धारणा राखे। कार्यक्रममा व्यवसायीका सुझाव तथा मौद्रिक नीतिबारेमा बोल्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले विगतको मौद्रिक नीतिले धेरै व्यवसायीलाई सहयोग पुगे पनि रकमको सिमितताको कारण र कतिपय कार्यविधिगत जटिलताको कारण सबैले त्यसबाट राहत लिन नसकको बताए।

उनले कोभिडबाट सबैभन्दा बढि प्रभावित क्षेत्र पर्यटन भएको र यसलाई उच्च प्राथमिकतामा राखिएकोले नयाँ मौद्रिक नीतिले व्यवसायीहरुका माग सम्बोधन गर्ने धारणा राखे। यद्यपी बैंक तथा वित्तीय संस्थाहरुका पनि आ–आफ्नै सिमितता र कार्यविधि हुने हुनाले त्यसलाई पालना गरेर मात्र ऋण दिन सकिने उनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्