काठमाडौं। आज साताको अन्तिम दिन नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ। बिहीवारको तुलनामा आज प्रतितोला छापावाला सुनको मूल्य १ सय रुपैयाँले वृद्धि भएको हो।
हिजो छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रहेकोमा आज मूल्य बढेर ९२ हजार ४ सय प्रतितोला कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्सस्तै आज तेजाबी सुनको मूल्यमा पनि १ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ९ सयमा कारोबार भइरहेको छ। बिहीवारको तुलनमा आज शुक्रवार चाँदीको मूल्यमा भने प्रतितोला ५ रुपैयाँले घटेर १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ।



लोकपाटी न्यूज
