बैंकमा खाता खोल्नेको संख्या तीन करोड १९ लाख बढि

लोकपाटी न्यूज

काठमाडौं। नेपालमा बैंक तथा वित्तीय संस्थामा बचत-निक्षेप खाता खोल्नेको कुल संख्या तीन करोड १९ लाख १० हजारको हाराहारीमा पुगेको छ। तर, साढे ७७ प्रतिशत खाता मात्र सक्रिय छन्। बाँकी साढे २२ प्रतिशत खाता निष्क्रिय रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

नेपालको कुल जनसंख्याको दाँजोमा खाता खोल्नेको संख्या भने बढि रहेको छ। जनसंख्याको आधारमा बैंकहरूमा रजिस्टर्ड (दर्ता) खाता १ सय ६.५ प्रतिशत रहेको छ। एउटै व्यक्तिले दुई वा त्योभन्दा बढी बैंकमा खाता खोल्ने प्रवृत्तिले कुल जनसंख्या भन्दा खाता संख्या बढि देखिएको हो।

२–३ ओटा बैंकमा खाता खोल्ने तर सबै खातालाई नियमित सञ्चालन नगरेकाले धेरै खाता निष्क्रिय रहेका छन्। पछिल्लो जनगणनाअनुसार नेपालको कुल जनसंख्या दुई करोड ९९ लाख ७४ हजाार ३ सय ६० रहेको छ। बैंकहरूको कुल रजिस्टर्ड खाता भने तीन करोड १९ लाख १० बढि पुगेको हो।

नेपाल राष्ट्र बैंकका अनुसार बैंकमा निक्षेप खाता खोल्ने अर्थात् रजिस्ट्रेशन गर्ने तर नियमित सञ्चालन नगर्ने निष्क्रिय (डोरमेन्ट) खाताको संख्या चालू आर्थिक वर्ष (आव) को वैशाखसम्ममा ७१ लाख ८१ हजार रहेको छ। २ करोड ४७ लाख २९ हजार खाता सक्रिय रूपमा नियमित सञ्चालनमा छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्