युनियन लाइफकाे आइपीओमा पहिलाे दिन नै १.४१ गुणा बढि आवेदन

लोकपाटी न्यूज

काठमाडौं। युनियन लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर निष्कासनको पहिलो दिन नै १.४१ गुणाले बढि आवेदन परेकाे छ। साढे ६४ लाख कित्तामध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सेयर निष्कासन गरिएकोमा निष्कासनको पहिलो दिन अपरान्ह ५ बजेसम्म ५ लाख १० हजार ९ सय ४५ जनाको आवेदन परेको हो।

एकानब्बे करोड ६० हजार रुपैयाँ बराबरको ९१ लाख ६०० कित्ता शेयरको लागि आवेदन परेको आईपीओको निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ। यो आईपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २ सय ५० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ। यो आईपीओमा आवेदन दिने अन्तिम समय छिटोमा असार २८ गते सोमबारसम्म रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्