बाजुराका किसानलाई बाँदर धपाउने ‘बन्दुक’ वितरण

gun
लोकपाटी न्यूज

राजेन्द्र बिक
बाजुरा। बाजुरामा कृषकलाई बाँदर धपाउने यन्त्र वितरण गरिएको छ। कृषि ज्ञान केन्द्र बाजुरा र स्थानीय तहको समन्वयमा कृषकलाई उक्त यत्र वितरण गरिएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।

बाँदरले बाली खाएर नष्ट पारिदिने गुनासो बढेपछि बडिमालिका नगरपालिका भित्रका विभिन्न वडामा २५ओटा बाँदर धपाउने यत्र वितरण गरिएको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीन प्रसाद जैशीले जानकारी दिए। यसबाट बाँदरले बर्सेनि बालीनालीमा ठूलो क्षति पुर्‍याउने गरेको र यन्त्र वितरण पछि बाँदर धपाउन सहज हुने अपेक्षा रहेको सूचना अधिकारी जैशीले बताए।

कृषकको मागअनुसार अनुदानमा उक्त यन्त्र वितरण गरिएको र आगामी वर्ष पनि सहुलियत रूपमा यो यन्त्र उपलब्ध गराइने कार्यक्रम रहेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोभिन्द्र सिजापतिले बताए। राष्ट्रिय आविष्कार केन्द्र काठमाडौंमा २५ सयमा पाइने यन्त्र सहुलियत मूल्यमा पाउँदा आफू खुसी भएको किसान जंग मिजारले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्