काठमाडौं। नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक केहीबेर बसेर सकिएको छ। बिहीबार केहीबेर बसेर बैठक साँझ ७ बजेसम्मका लागि स्थगित गरिएको हो।
बैठकपछि कार्यदल सदस्य सुवास नेम्वाङले आन्तरिक तयारी गर्नको बैठकबाट अहिले निस्किएको बताए। ‘विभिन्न आन्तरिक तयारी गर्नुपर्ने भएकोले बैठक केहीबेर बसेर निस्केका हौं। आज साँझ फेरि ७ बजे बैठक बस्नेछ,’ उनले भने, ‘सम्भवत आजै निष्कर्षमा पुग्नेगरी तयारी गर्नेछौं।’
नेम्वाङले आजै सहमितको घोषणा हुन सक्ने बताए। बैठक आन्तरिक तयारीका लागि स्थगित गरिएको नेताहरुले बताएका छन्। अहिले दुबैपक्ष छुट्टाछुट्टै छलफलमा जुटेका छन्। ओली पक्ष प्रधानमन्त्री कार्यालयमा छलफलमा जुटेको छ।
आजको बैठक सुरु हुनु अघि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहका नेताहरुबिच भेट भएको थियो। उक्त भेटबारे नेपाल समूहका कार्यदल संयोजक भीम रावल माधव नेपाललाई ब्रिफिङ गर्न कोटेश्वर पुगेका थिए। त्यसकारण निर्धारित समयभन्दा बैठक आज ढिला बसेको थियो।



लोकपाटी न्यूज

