काठमाडौं। नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक सिंहदरबारमा जारी रहँदा तीन जना नेता बाहिरिएका छन्। बिहीबार मध्याह्नबाट सुरु भएको बैठक चलिरहँदा अध्यक्ष केपी शर्मा ओली पक्षका कार्यदल सदस्यहरू प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल निस्किएका हुन्।
बैठकको बीचमै बाहिरिएका उनीहरू प्रधानमन्त्री कार्यालयमा सल्लाहकार विष्णु रिमालको कक्षमा आन्तरिक छलफल जुटेका छन्। कार्यदल सदस्य सुवास नेम्वाङले आन्तरिक तयारी गर्नको बैठकबाट अहिले निस्किएको बताए। उनले आजै सहमितको घोषणा हुन सक्ने बताए। अहिले दुबैपक्ष छुट्टाछुट्टै छलफलमा जुटेका छन्।
आजको बैठक सुरु हुनु अघि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहका नेताहरुबिच भेट भएको थियो। उक्त भेटबारे नेपाल समूहका कार्यदल संयोजक भीम रावल माधव नेपाललाई ब्रिफिङ गर्न कोटेश्वर पुगेका थिए। त्यसकारण निर्धारित समयभन्दा बैठक आज ढिला बसेको थियो।



लोकपाटी न्यूज

