माधव नेपाललाई भेटेर फर्किए भीम रावल

madhav n bhim
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भीम रावल कार्यदलको बैठकअघि पार्टीका वरिष्ठ नेता माधव नेपाललाई भेटेका छन्। बिहीबार बिहान मात्र नेता द्वय भीम रावल र विष्णु पौडेलले सिंहदरबारमा छलफल गरेका छन्।

त्यसपछि रावल नेता नेपाल भेट्न उनकै निवास कोटेश्वर पुगेका हुन्। कार्यदलको बैठकमा आफ्नो पक्षबाट प्रस्तुत हुनेबारे रणनीतिको लागि छलफल गर्न रावलले नेपाललाई भेटेको बताइएको छ। रावल सिंहदरबार फर्केलगत्तै अहिले छलफल जारी छ।

कार्यदलका अरू सदस्य भने सिंहदरबारमा पुगिसकेका थिए। आज बस्ने बैठकमा विवाद समाधानका उपायबारे छलफल हुने सुवास नेम्बाङले जानकारी दिएका थिए। यसअघि हिजो लामो समयपछि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच छलफल भएको थियो।