मिर्मिरे लघुवित्तकाे बोनस शेयर शेयरधनीको डिम्याट खातामा

लोकपाटी न्यूज

काठमाडौं। मिर्मिरे लघुवित्तले चुक्ता पूँजीको ९.२० प्रतिशत बोनस शेयर वितरण गरेको छ। लघुवित्तले असार २३ गते शेयरधनीको डिम्याट खातामा उक्त बोनस शेयर जम्मा गरेको हो।

शेयरधनी दर्ता पुस्तिका बन्द (बुकक्लोज) हुँदासम्म शेयर अभौतिकीकरण गराइसकेका शेयरधनीको हितग्राही खातामा उक्त बोनस जम्मा गरिएको हो। बुकक्लोजपछि शेयर अभौतिकीकरण गराएका शेयरधनीको पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गरिने लघुवित्तले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्