चुनाव जितेर मन्त्री हुँदा माओवादी वैधानिक, अहिले कसरी अवैधानिक ? : लिलामणि पोखरेल

Lilamani_pokhrel-2
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य लिलामणि पोखरेलले एमाले प्रवेश गरेका रामबहादुर थापा समूहले माओवादी अवैधानिक भन्दै निर्वाचन आयोगमा दिएको उजुरीका विषयमा विरोध जनाएका छन्।

पोखरेलले माओवादी पार्टीबाटै चुनाव जितेर मन्त्री हुँदासम्म वैधानिक हुने तर, एमाले प्रवेश गरेपछि अवैधानिक भन्न नमिल्ने बताए। माओवादी पार्टीमा लामो समय बसेर अवसर लिएका थापासहित टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर थारुलगायत नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि साथ दिँदै मन्त्री भएका थिए।

नेकपा एमालेमा प्रवेश गरेका पूर्वमाओवादी नेताहरूले नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन बुझाएका छन्। बुधवार दिउँसो आयोगको कार्यालय पुगेर लीलबहादुर थापासहितका नेताहरूले निवेदन दिएका हुन्।

एमाले प्रवेश गरेपछि थापासहित रायमाझी, भट्ट, साह र थारु निष्कासनमा परेका थिए। गत जेठ २७ गते सर्वोच्च अदालतले एमालेको दशौं महाधिवेशन आयोजक कमिटी खारेज गरेपछि एमाले प्रवेश गरेका माओवादी नेताहरू अलमल परेका छन्।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्