पर्वत। पर्वतमा बाढीले बगाएको गाडी मोदी खोलामा भेटिएको छ। गाडीसँगै खोलामा बगेका तीन जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अहिले खोलामा देखिएको गाडी निकाल्ने प्रयास भइरहेको छ।
पर्वतको कुश्मा नगरपालिका–८ मा सुन्दरे खोलामा आएको बाढीले गाडीसहित गाडीमा रहेका तीन जनालाई बगाएको थियो।सुन्दरे खोलाबाट बगेको गाडी झण्डै डेढ किलोमिटर तल मोदी खोलामा भेटिएको हो। खोला तर्ने क्रममा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड निर्माण कम्पनी लामा कन्स्ट्रक्सनको गाडी र त्यसमा रहेका तीन जना बेपत्ता भएका छन्।



लोकपाटी न्यूज

