दक्षिण बागलुङ जोड्ने सबै सडक अवरुद्ध

pic 3
लोकपाटी न्यूज

बागलुङ। निरन्तर वर्षाको कारण कालीगण्डकी कोरिडोर र मालढुङ्गा, पाग्जा, पैयुँपाटा–कुस्मिशेरा सडक अवरुद्ध भएको छ। बागलुङको दक्षिण भेग जोड्ने दुबै सडक पहिरोका कारण अवरुद्ध हुँदा दक्षिण बागलुङसँग सिधा यात्रा टुटेको छ।

सडकमाथि र तलबाट एकै पटक भत्किँदा दुबै सडक अवरुद्ध भएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए। उनले माथिल्लो सकड खुल्लाउन तत्काल संभव नभएको भन्दै कालीगण्डकी कोरिडोर तत्काल खुलाउनका लागि प्रयास भएको बताए।

तत्काल सडक खुलाउनका लागि सडक डिभिजन कार्यालयलाई निर्देशन दिएको उनको भनाई छ। माथिल्लो सडकको विकल्पमा कोरिडोरलाई तत्काल एकतर्फी रुपमा भए पनि संचालन गर्नका लागि प्रयास थाल्ने सहायक प्रजिअ पौडेलले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्