प्रदर्शन चर्किएपछि चितवनमा २४ घण्टा कर्फ्यु आदेश जारी

sujita bhandari
लोकपाटी न्यूज

चितवन। चितवनकी २३ वर्षीया सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर सार्वजनिक शान्ति भंग गर्न सक्ने अवस्था देखिएको भन्दै जिल्ला प्रशासनले कर्फयू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश अनुसार २२ गते साँझ साढे सात बजेदेखि २३ गते बेलुकी साढे सात बजेसम्म कर्फ्यू लगाइएको छ।

आदेशको अवज्ञा गर्नेलाई एक महिनासम्म कैद वा जरीवाना वा दुबै सजाय हुने जनाइएको छ। कर्फयू अवधिभर लामो दुरीका सवारीसाधन स१चालनबाहेक कुनै पनि व्यक्ति आवतजावत गर्न, भेला हुन र स्थानीय प्रशासनको स्वीकृति बिना घरबाहिर निस्कन नपाउने उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्