माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा आफ्नाे भुमिकाकाे अवमूल्यन गरेकाे नेता महतकाे गुनासाे

Prakash-Sharan-Mahat
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाश शरण महतले माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माणका लागि आफूले गरेको भुमिकालाई सरकारले अवमूल्यन गरेको बताएका छन्।

१० वर्ष अघि उर्जामन्त्री भएको बेलामा आफ्नै पहलमा जलविद्युत आयोजनाको काम सुरु भएको भएपनि सरकारले निर्माणको स्वामित्व आफूले मात्रै लिएको महतले बताए। तत्कालीन अवस्थामा आफूले नै काम नगर्ने ठेकेदारसँगको ठेक्का रद्द गरेर नेपाली सेनालाई काम गर्ने जिम्मा दिएको उनले सुनाए। ‘तामाकोशी १० वर्ष अघि ऊर्जा मन्त्री भएको थिएँ त्यो बेला अगाडि बढेको हो। त्यो बेलासम्म यसको लगानी कसले गर्ने पनि अनिश्चित थियो’ महतले भने,‘त्यहाँ बाटो पनि जोडिएको थिएन। बाटो नबनेर ठेक्का लगाउने कुरा भएन।’ ​

ठेकेदारहरूलाई बाटो बनाउन दिइ पनि वर्षौ लड्काइएको स्मरण गर्दै उनले एकल निर्णय गरेर सेनालाई जिम्मा दिएपछि मात्रै बाटो बनेको सुनाए। उनले आफ्नै पहलमा सरकारबाट ११ अर्ब लगानी गर्ने निर्णय गराएको भन्दै नेपाल टेलिकम, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको संयन्त्र जोडेर त्यतिबेला ३४ अर्बको लागत अनुमान गरिएको पनि बताए।

पछिल्लो समयमा यसको निर्माणमा मिलेमतो, ढिलासुस्ती गर्दा समयमै काम सम्पन्न हुन नसकेको उनको भनाई थियो। आयोजनाको कामलाई आफ्नै पहलमा सुरु गरेको भए पनि सरकारले योगदानको मुल्यांकन नगरेको गुनासो गरे। माथिल्लो तामाकोशी आयोजनाको सरकारले सोमबार उद्घाटन गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्