जगदम्बा स्टील्स्काे जस्तापाता उद्योग उद्घाटन

लोकपाटी न्यूज

काठमाडौं। जगदम्बा स्टील्स्का संस्थापक अध्यक्ष शंकरलाल अग्रवालले जगदम्बा जस्तापाता उद्योग उद्घाटन गरेका छन्।

अग्रवालले मंगलबार बिहान बाराको सिमरास्थित अत्याधुनिक प्रविधियुक्त उद्योगको उद्घाटन गरेका हुन्। उच्च प्रविधियुक्त उद्योगको डिजाइन तथा जडान कम्पनीका उपाध्यक्ष प्रभात मिश्राले गरेका हुन्। उद्योगमा दुई किसिमका सुपर साइन (रंगीन जस्तापाता) र ग्याल्भा प्लस (सादा जस्तापाता)को उत्पादन हुने कम्पनीले जनाएको छ। सुपर साइन र ग्याल्भा प्लसले जस्तापाता उत्पादनमा नयाँ आयाम खडा गर्ने कम्पनीको विश्वास छ।

अत्यधुनिक प्रविधिको प्रयोगका कारण अन्य साधारण जस्तापाताको तुुलनामा यहाँ उत्पादन भएको जस्तापात अत्यधिक मजबुुत र टिकाउ हुने कम्पनीको दाबी छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्