समृद्धि फाइनान्सले लिलामी बिक्रिमा ल्याएको अवितरित हकप्रद शेयर आज बाँडफाँट

लोकपाटी न्यूज

काठमाडौं। समृद्धि फाइनान्सको असार ३ गतेदेखि लिलामी बिक्रिमा ल्याएको अवितरित हकप्रद शेयर आज बाँडफाँट भएको छ। कम्पनीले १३ लाख ८० हजार ७१८ कित्ता संस्थापक शेयर लिलामी विक्रि खुल्ला गरेको थियो।

कम्पनीले आज शेयर खरिदको लागि बोलपत्र पेश गरेका शेयरधनीहरुलाई २ लाख ४५ हजार १६० कित्ता शेयर बाँडफाँट गरेको हो।बाँडफाँटमा नपरेको शेयर आज देखि नै सम्बन्धित आवेदकको बैंक खातामै रकमान्तर गर्ने बैंकले जनाएको छ। कम्पनीको अनुसार यस पटक पनि ११ लाख ३५ हजार ५५८ कित्ता शेयर बिक्रि हुन सकेको छैन्। बिक्रि हुन नसकेका शेयरलाई कम्पनीले असार २९ गतेदेखि फेरी लिलामीमा ल्याउने जनाएको छ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ शेयरमुल्य तोकेको छ। तोकिएको मुल्य वा सो भन्दा बढी मुल्य अंकित गरेर बोलपत्र पेश गर्न कम्पनीले आग्रह गरेको थियो । शेयर बिक्रि प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्