टिचिङ अस्पतालको उपनिर्देशकमा डा. दास नियुक्त

pi 44
लोकपाटी न्यूज

काठमाडौं। त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) महाराजगन्जको उपनिर्देशकमा डा. सन्तकुमार दास नियुक्त भएका छन्। दुई वर्षको कार्यकालका लागि डा. दासलाई त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)की डीन प्रा.डा दिव्यासिंह शाहले उपनिर्देशकमा नियुक्त गरेकी हुन्।

अस्पतालमा उपनिर्देशकको दुई पदमध्ये एक पदमा प्रा.डा सुवास आर्चाय छन् भने अर्का निर्देशकमा डा.दासलाई नियुक्ती गरिएको हो। फोक्सो रोग विषेशज्ञ डा. दास शिक्षण अस्पतालको कोभिड युनिटको संयोजक समेत हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्