सानिमा जनरल इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सभा भाेली

लोकपाटी न्यूज

काठमाडौं। सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा बुधवार हुँदैछ। सभा बिहान १०:३० बजे कम्पनीको केन्द्रिय कार्यालय काठमाडौंमा शुरु हुने कम्पनीले जानकारी गराएको हो।

सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ। साथै सभाले आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ। त्यस्तै, सर्वसाधारण समूहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ। साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका वैशाख २९ गते बन्द भएको छ।

वैशाख २८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन्। यस भन्दा अगाडि कम्पनीले साधारण सभाको मिति जेठ ११ गतेलाई तय गरेकोमा कोभिड-१९ महामारीका कारण रोकिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्