काठमाडौं। नेपाली बजारमा मंगलवार सुनको मूल्य बढेको छ। स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् सोमवार स्थिर रहेको सुनको भाउ मंगलवार ३०० ले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छ। सोमवार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। सोमवारको तुलनामा मंगलवार छापावाला सुन प्रतितोला ३०० रुपैयाँले बढेको हो। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको छ। सोमवार तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, मंगलवार चाँदीको मूल्य पनि बढेको छ। सोमवार प्रतितोला १ हजार ३२५ मा कारोबार भएको चाँदी मंगलवार ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३३० रुपैयाँमा खरीदविक्री भइरहेको छ।



लोकपाटी न्यूज
