काठमाडौं। लुम्बिनी विकास बैंकले ३ लाख ५० हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ। कम्पनीले मंगलवार एक सूचना जारी गर्दै संस्थापक शेयर विक्री गर्ने जानकारी गराएको हो।
उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र सो सम्बन्धी जानकारी खुलाई लिखित निवेदन पेश गर्न कम्पनीले अनुरोध गरेको छ। उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ र नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन बमोजिम अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने कम्पनीले जानकारी गराएको हो।



लोकपाटी न्यूज
