नेकपा माओवादी केन्द्र अरुणद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

pic
लोकपाटी न्यूज

भोजपुर। नेकपा माओवादी केन्द्र अरुण गाउँपार्टीले कोभिड नियन्त्रणका लागि विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। गाउँपालिका भित्र संक्रमण नफैलिओस् भन्ने हेतुले गाउँपार्टिले पालिकालाई सो सामग्री प्रदान गरेको हो।

गाँउपालिका भित्रका वडा कार्यलय, स्वास्थ्य संस्था, प्रहरी चौकीसहित फ्रन्ट लाइनमा रहेर काम गर्नेहरुलाई प्राथमिकता दिँदै पार्टीले विभिन्न सामग्री वितरण गरेको हो। पार्टीले २५ पिस एन्टिजेन् किट, २३ पिस अक्सिमिटर, १० हजार पिस सर्जिकल मास्क, २५ सय पिस एन नाईन्टिफाईब मास्क वितरण गरेको छ।

साथै अरुण गाउँ पार्टीले ५० लिटर सेनिटाईजर, थर्म गन १ थान, नेवुलाईजर १ थान, पिपिई ६ थान, एप्रोन ९ थान र फेस सिल्ड ५ थान वितरण गरिएको नेकपा माओवादी केन्द्र अरुण गाउँपार्टी सचिव कुमार थापाले जानकारी दिए।

पार्टीले “जहाँ विपत्ति त्यँहा पार्टी“ भन्ने अभियान नै सञ्चालन गरेर पहिलो र दोश्रो चरण गरि प्राथमिकताको आधारमा सामग्रीहरु वितरण गरिएको पार्टी अध्यक्ष बलभद्र राईले बताए। पार्टी केन्द्रले तल्लो तहसम्म सवै नेता कार्यकर्तालाई कोभिड नियन्त्रणमा केन्द्रीत हुन निर्देशन जारी गरेसँगै भोजपुरको अरुण गाउँपालिका पार्टीले विभिन्न सामग्रीहरु वितरण गरेको हो।

पार्टीले विभिन्न सहयोगदाताहरुबाट सामग्रीहरु संकलन गर्दै गाउँपालिकामा वितरण गरेको जनाएको छ। पहिलो र दोश्रो चरण गरि वितरण गरिएको सामग्रीहरु पार्टीका केन्द्रीय सदस्य तथा भोजपुर जिल्ला इञ्चार्ज पूर्वसांसद सुदन किराँती, उर्लावारी निवासी अर्जुन ओझा, अरुण गाउँपालिका ७ सिक्रेटारका दिपक थापा, सुमन अधिकारी, भुमिराज खड्का, प्रकाश खड्का, जीवन श्रेष्ठ अरुण गाउँपालिका ४ का विनोद राई,वडा नं ५ का राजेन्द्र राई, र वडा २ का शुक्र राईले सामग्री पार्टी मातहत प्रदान गरेको सचिव कुमार थापाले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्