माओवादी केन्द्रका केन्द्रीय सदस्य यादवको निधन

Mahadeb-yadav_
लोकपाटी न्यूज

धनुषा। नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य महादेव यादवको निधन भएको छ।सोमबारराति धनुषाको जनकपुरस्थित आफ्नै घरमा यादवको निधन भएको हो। ६२ वर्षीय यादव लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए।

यादव तत्कालिन माओवादीले सञ्चालन गरेको जनयुद्धमा सक्रियतापूर्वक सहभागी भएका थिए। उनले महोत्तरी, धनुषासहित तराईका जिल्लालाई कार्यक्षेत्र बनाएर पार्टीको नेतृत्व गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्