निधि निवासमा डा. शेखर कोइराला

Shekhar_Koirala
लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी घोषणा गरेका विमलेन्द्र निधि र डा. शेखर कोइरालाबीच सोमबार दिउँसो महाधिवेशन केन्द्रित छलफल भएको छ। दुई नेताबीच करिब दुई घण्टा छलफल भएको हो।

निधिलाई भेट्न डा. कोइराला मध्यवानेश्वरस्थित उनकै निवास पुगेका थिए। दुवै नेताले काँग्रेस नेतृत्वको दाबेदारीबाट आफू पछि नहट्ने बताउँदै आएका छन्। संस्थापन समूहमा रहेका उपसभापति निधिले सभापतिका आकांक्षी नेताहरूलाई भेटेर सहमतिबाट नेतृत्व चयन गर्नुपर्ने बताउँदै आएका छन्।

उनले काँग्रेसमा चर्चामा रहेका सबै सभापतिका आकांक्षीसँग छलफल गरिसकेका छन्। काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई भेटेर उनले १४ औँ महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने बताएका छन्।

त्यस्तै केन्द्रीय सदस्य कोइरालाले पनि सभापतिमा उम्मेदवारी दिने बताइसकेका छन् र आफूलाई सहयोग गर्न आग्रह गर्दै भेटघाट तीव्र बनाएका छन्। काँग्रेसले महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने गरी कार्यतालिका अनुमोदन गरिसकेको छ।