वाग्मती प्रदेशसभाको बैठक आज पनि स्थगित

लोकपाटी न्यूज

मकवानपुर। वाग्मती प्रदेशसभाको बैठक आज पनि स्थगित भएको छ। सोमबार दिउँसो एक बजेका लागि आहृवान गरिएको भएपनि करिब ५० मिनेट ढिलो गरी बसेको बैठकमा प्रतिपक्षी दलहरुले अवरोध गरेसँगै बैठक स्थगित गरिएको हो।

बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरुले उभिएर विरोध जनाएसँगै सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि प्रदेशसभाको बैठक स्थगित गरेका हुन्। बैठकको सुरुवातमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ल्याएको बजेटप्रति असहमति प्रकट गरेका थिए।

प्रतिपक्षी दलहरुको विरोधका कारण बजेटमाथिको छलफल अगाडि बढ्न सकेको छैन। विपक्षीको अवरोधका कारण शनिबारदेखि प्रदेशसभाको बैठक लगातार प्रभावित भइरहेको छ। विपक्षी दलहरुले उठाएको विभिन्न विषयमा सरकारले सदनमा जवाफ दिने कार्यतालिका भएपनि बैठक सञ्चालनमा विपक्षीहरुले अवरोध सिर्जना गरेका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्