काठामाडौं। दुई ओटा कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ। निर्धन उत्थान लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो।
निर्धन उत्थान लघुवित्तको १९ लाख ५० हजार बोनस शेयर सूचीकृत भएको छ। कम्पनीले गत फागुन २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो। त्यसैगरी स्वरोजगार लघुवित्तको ४ लाख ५३ हजार ४२१ दशमलव ७७ कित्ता बोनस शेयर सूचीकृत भएको छ। कम्पनीले गत फागुन २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ दशमलव ३९ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो।
अव यी दुबै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन्।



लोकपाटी न्यूज
