दुई कम्पनीकाे १६ लाख ६७ हजार कित्ता बोनस सेयर सूचीकृत

लोकपाटी न्यूज

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ वटा कम्पनीको १६ लाख ६७ हजार ७६८.५५ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

जसमा सांग्रिला डेभलपमेन्ट बैंकको १३ लाख ३ हजार ३२०.२० कित्ता (५%) र मिर्मिरे लघुवित्तको ३ लाख ६४ हजार ४४८.३५ कित्ता (९.१९%) कित्ता बोनस सेयर रहेको छ। दुवै कम्पनीले आर्थिक वर्ष २०७६-७७ को नाफाबाट यो बोनस सेयर वितरण गरेका थिए । सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्