ओली पक्षका नेताले नेपाललाई भने-एमाले एकताका लागि दुईजना छलफल गर्नुहोस्

KP-Madhav Meeting pic 4
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुले पार्टीलाई एकताबद्ध बनाउन नेता माधवकुमार नेपाललाई आग्रह गरेका छन्। आज बिहान दोस्रो तहका नेताहरु विष्णु पौडेल, शंकर पोखरेल र सुवास नेम्वाङ नेपाल निवास कोटेश्वर पुगेका थिए। दोस्रो तहका नेताहरु पाटीलाई एकताबद्ध बनाउन लगातार छलफलमा छन्।

कोटेश्वर पुगेका नेताहरुले नेपाललाई अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर छलफल गर्न आग्रह गरेका हुन्। छलफलमा नेपाल पक्षका नेता घनश्याम भुसाल पनि सहभागि थिए। नेता नेपालले भने अरु नेताहरुसँग छलफल गरेर जवाफ दिने बताएको ती नेताले जानकारी दिए।

नेपालनिकट स्रोतका अनुसार नेता नेपालले अदालतमा गरेको हस्ताक्षर फिर्ता नलिने जवाफ दिएका छन्। एमालेको केन्द्रीय कमिटी बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन सोमबार साँझसम्मको समय दिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्