मनकामना स्मार्ट लघुवित्तको आईपीओमा ५८.५२ गुणा बढी आवेदन

IPO Icon
लोकपाटी न्यूज

काठमाडौं। मनकामना स्मार्ट लघुवित्तको साधारण शेयर (आईपीओ)मा सबा १६ लाखले आवेदन गरेका छन्। आईपीओ निष्काशन भएको चौथो दिन आइतबार बिहान ११ बजेसम्ममा उक्त संख्याले आवेदन गरेका हुन्।

केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) ले उपलब्ध गराएको तथ्यांक अनुसार ११ बजेसम्म लघुवित्तको आइपीओमा १६ लाख १२ हजार बढी आवेदन परेको छ। उक्त आवेदन सर्वसाधारणबाट माग गरिएको तुलनामा ५८.५२ गुणा बढी हो।आवेदनबाट २ करोड १२ लाख ७० हजार कित्ता शेयर माग भएको छ। कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गरेको हो।

जसमध्ये ६ हजार ५८ कित्ता कर्मचारीलाई, १९ हजार ४५० कित्ता सामूहिक लगानी कोष र बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागी छुट्याईएको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओमा सोमबार (असार २१ गते) सम्म आवेदन गर्न सकिनेछ।

लगानीकर्ताहरुले अनलाईन मार्फत मेरो शेयरबाट आवेदन दिन सक्नेछन्। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्