आज सुनचाँदीकाे मूल्य वृद्धि, कतिमा हुदै छ काराेबार ?

लोकपाटी न्यूज

काठमाडौंं। नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

शुक्रवार प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार ३ सय रहेको थियो। आज सुनको मूल्य तोलामा २ सयले वृद्धि भइ प्रतितोला सुन ९१ हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसैगरी आज तेजावी सुनको मूल्य ९१ हजार रहेको छ।

शुक्रवारको तुलनामा आइतवार प्रतितोला चाँदीको मूल्य तोलामा १५ रुपैयाँले वृद्धि भएको छ। शुक्रवार प्रतितोला चाँदीको मूल्य १ हजार ३ सय १० रहेकोमा आज मूल्य वृद्धि भइ १ हजार ३ सय २५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्