काठमाडौं। असार ६ गतेदेखि सार्वजनिक निष्कासनमा आएको एनआईसी एशिया बैंकको ऋणपत्र खरीदका लागि आवेदन दिने असार २० गते आइतवार अन्तिम दिन रहेको छ।
बैंकले छिटो अवधि असार ९ गतेभित्र माग बमोजिम आवेदन नपरेपनि ढिलो अवधि असार २० गतेसम्म विक्री खुला गरेको हो। बैंकले ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र विक्री खुला गरेको हो। बैंकले १० वर्षे अवधि तथा वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको उक्त ऋणपत्र मध्ये १२ लाख कित्ता सर्वसाधारणमा र १८ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्न लागेको हो। सर्वसाधारणका लागि छुट्याएको मध्ये ५ प्रतिशत दरको ६० हजार कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरिएको छ।
प्रतिऋणपत्र १ हजार रुपैयाँ दरको यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ। यो ऋणपत्र विक्री प्रबन्धकमा सन्राइज क्यापिटल लिमिटेड रहेको छ। विक्री प्रबन्धसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थार तीनका शाखा कार्यालयसँगै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ। यस बैंकलाई ऋणपत्र निष्कासन गर्न बोर्डले जेठ २० गते अनुमति दिएको हो।



लोकपाटी न्यूज
