एमाले बैठकमा संघीयता, धर्मनिरपेक्षता र शासकीय स्वरूपबारे नयाँ बहस थाल्नुपर्ने माग

uml-baithak- pic
लोकपाटी न्यूज

काठमाडौं। एमालेको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य तथा युवा नेता महेश बस्नेतले संघीयता, धर्मनिरपेक्षता र शासकीय स्वरूपबारे नयाँ बहस थाल्नुपर्ने माग गरे।

बस्नेतले संघीयताबारे समीक्षा हुनुपर्ने, मुलुकको विशिष्ट पहिचान घोषणा गर्नुपर्ने तथा धर्म निरपेक्ष विषयमा नयाँ बहस थाल्नुपर्ने प्रस्ताव गरेका हुन्।

नेता बस्नेतले शासकीय स्वरूपमा समेत परिवर्तन गरी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाउनुपर्ने, एकै व्यक्ति दुई कार्यकाल बढी प्रधानमन्त्री हुन नपाउने, पार्टी र राज्यका राजकीय तथा शासकीय स्थानमा युवाहरूको ४० प्रतिशत सहभागिता रहनुपर्ने तथा पार्टीको महाधिवेशनको राजनीतिक प्रतिवेदन र विधान अनि चुनावको घोषणापत्रमा यी विषय समेट्नुपर्ने माग गरेका थिए। राजधानी दैनिकबाट

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्