काठमाडाैँ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले चुरे दोहनको विषयप्रति आफ्नो गम्भीर भएको बताएका छन्।
स्थानीय, प्रदेश तथा संघीय सरकारले बनाएका नीति तथा कार्यक्रम र बजेटमा यो विषय जोडिएपछि महासचिव विप्लवले पार्टी नेतृत्वलाई यो विषमा जिल्लागत, स्थानीय तहमा हुने छलफलमा विशेष चनाखो हुन सचेत गराएका छन्। उनले चुरे दोहन रोक्न स्थानीय सरकार र राज्यले कदम नचाले आफ्नो पार्टीले कठोर कदम चाल्ने चेनावनी दिँदै सबै क्षेत्रमा पार्टीको धारणा पुर्याउन उनले निर्देशन दिएका छन्।
जनतालाई सिंहदरबारको अधिकारको नाममा स्थानीय तहमा विकास निर्माणमा भएको अनियमितताप्रति चासो प्रकट गदै महासचिव विप्लवले सबै सचेत नागरिक गम्भीर हुनुपर्नेमा जोड दिएको अर्घाखाँची सेक्रेटरी घर्तीले जानकारी दिए। पार्टी जनताको जनजीविका, राष्ट्रियता, जनतन्त्रको सवालमा दृढ रहेको भन्दै जिल्लावासीका समस्याप्रति गम्भीर रहेको बताएको घर्तीले बताए।
सो अवसरमा महासचिव विप्लवले स्थानीय सरकार र राज्यले गम्भीर कदम नचाले आफ्नो पार्टीले कठोर कदम लिने चेतावनी दिएका थिए।



लोकपाटी न्यूज

